प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीचको सीमा सम्बन्धमा लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट आएको सकारात्मक अभिव्यक्तिबाट उत्साहित भएको बताएका छन्।
४ दिने भारत भ्रमण सकेर शनिबार साँझ काठमाडौं आइपुगेका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्।
सीमासम्बन्धी विषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग गम्भीर विषय भएको पनि उनले बताए।
‘भेटवार्ताका क्रममा सीमासम्बन्धी विषयमा पनि गम्भीर कुराकानी भएको छ। यो विषयलाई स्थापितक कूटनैतिक संयन्त्रमार्फत समाधान गर्न भारतका प्रधानमन्त्रीलाई गम्भीर रुपमा भनेको छु,’ उनले भने, ‘उहाँले पनि प्रेस मिटको सन्दर्भमा यस भ्रमणको सौहार्दपूर्ण वातावरणको मर्म अनुरुप सीमा लगायत थाति रहेका सबै समस्या समाधान गरिनेछ भन्ने भावना स्पष्ट रुपमा व्यक्त गर्नुभएको छ। धेरै समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमा सम्बन्धमा आएको यो सकारात्मक अभिव्यक्तिबाट हामी उत्साहित भएका छौं।’
नेपाल भारत बीचको पूरानो सम्बन्धलाई अझै बलियो बनाउनेबारे छलफल भएको पनि प्रधानमन्त्री प्रचण्डले बताए। भारती प्रधानमन्त्री मोदीसँग नयाँ दिल्लीस्थित हैदारावाद हाउसमा भएका सम्झौताहरू महत्वपूर्ण भएको बताए।
Shares
प्रतिक्रिया