प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू धर्म निरपेक्षतावादी भएकोले सबै धर्म मान्नेहरूलाई समान व्यवहार गर्ने बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा भारत भ्रमणबारे सांसदहरुले उठाएका जिज्ञासाको जवाफको फेरि स्पष्टिकरण दिँदै उनले धर्म निरपेक्षवादी भएको बताए।
‘म धर्म निरपेक्षतावादी हुँ,’ प्रचण्डले भने, ‘जनताको धार्मिक आस्थालाई सम्मान गर्नुपर्छ, कसैको धर्मलाई अपमान गर्नुहुँदैन भन्नेमा म सचेत छु।’
संसदमा रास्वपाका सांसद हरि ढकालले प्रचण्डलाई आस्थिक कि नास्तिक भनेर प्रश्न गरेका थिए।
प्रधानमन्त्री प्रचण्डले त्यसको प्रष्टिकरण दिएका हुन्।
63
Shares
प्रतिक्रिया