नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू किशोर हुँदा राँगाको पिठ्यूँमा बसेर भैंसी चराउने गरेको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्।
‘यहाँ हुन त राँगा चढेको कुरा फेरि ओमिट हुने होला। म किशोर हुने बेलामा राँगाको पिठ्यूँमा बसेर राँगा चराउथेँ,’ ओलीले भने।
उनले पूर्वराष्ट्रपति रामवरण यादवसँग पनि यस विषयमा कुराकानी भएको संसदमा बताए।
‘पूर्वराष्टट्रपति रामवरण यादवसँग कुरा हुँदा पनि मैले भनेको थिएँ, मैले राँगा चराएको भनेँ। उहाँले म त झन तराईको मान्छे कति राँगा, भैंसी चराइयो भनेर भन्नुभयो। सभामुख महोदय रेकर्डमा राख्ने नराख्ने तपाईंको कुरा हो।’
तराईमा अहिलेपनि राँगाको पिठ्यूँमा चढ्ने र चराउने गरेको बताउँदै ओलीले पशुपतिनाथले त साँढे नै चढ्ने गरेको उल्लेख गरे।
75
Shares
प्रतिक्रिया