ad ad

राजनीति


रेशम चौधरीको आममाफीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अग्राधिकार प्रदान

रेशम चौधरीको आममाफीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अग्राधिकार प्रदान

फाइल तस्बिर


नेपालखबर
जेठ २३, २०८० मंगलबार १८:३, काठमाडौँ

सर्वोच्च अदालतले टीकापुर हत्याकान्डका दोषी रेशम चौधरीको आममाफी प्रकरणविरुद्ध परेको रिटमा सरकारसँग लिखित जवाफ मागेको छ।

टीकापुर घटनाका प्रमुख योजनाकार रुपमा तीनै तहका अदालतबाट दोषी ठहर रेशमलाई सरकारले गत जेठ १५ गते आममाफी दिएपछि  प्रहरी निरीक्षक स्वर्गीय केशव बोहराकी श्रीमती शारदा बोहरा कडायतले रिट हालेकी थिइन्।

उक्त रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले अग्राधिकार प्रदान गर्दै सरकारसँग पनि लिखित जवाफ मागेको हो।

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक बोहराकी श्रीमती शारदाले गत आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएपछि सुनुवाइ अघि बढेको थियो।

सर्वोच्च अदालतलेसमेत जन्म कैदको फैसला गरेका टीकापुर घटनाका दोषी चौधरीले आममाफी पाइसकेका छन्।

सच्याइएको- यसअघि यसै समाचारको शीर्षकमा अन्यथा पर्न गएकाले सच्याएका छौँ। -सम्पादक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .