नेकपा एमालेको केन्द्रीय सदस्य संख्या ३ सय ४९ पुगेको छ।
चितवनमा २०७८ मंसिर ११ देखि १८ सम्म भएको दशौ राष्ट्रिय महाधिवेशनमा ३०१ केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
तर, अहिले केन्द्रीय सदस्य ३ सय ४९ पुगेको एमालेले नेताहरुलाई पठाएको अन्तर पार्टी निर्देशन (अपानी)मा उल्लेख छ।
कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी लगायत विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका नेताहरुलाई केन्द्रीय सदस्य बनाएपछि संख्या बढेको नेताहरु बताउँछन्।
एमालेले केन्द्रीय सदस्यहरुलाई फरक भूगोलको पालिका इन्चार्ज बनाउने निर्णय गरेको छ।
वैशाख २८ र २९ गते ललितपुरमा बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य संख्या थप गर्ने निर्णय लिएको हो।
69
Shares
प्रतिक्रिया