सांसद अमरेशकुमार सिंहले नेपालमा मापदण्डअनुसार सडक नबनेको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा उनले हरेक वर्ष दर्जनौँ नेपाली सडक दुर्घटनामा मारिने गरेको बताउँदै त्यसको कारण मापदण्डअनुसार सडक नबन्नु भएको उनले बताए।
नेपालमा खोला र नदीको किनार भएर बाटो बन्ने र त्यसमा सरकारले सुरक्षा पनि नदिने उनको भनाइ थियो।
'हाम्रो देशमा जहिले पनि सडक दुर्घटना धेरै हुन्छन्, खोलाको किनारकिनार बाटो बनाउँछौँ तर सुरक्षा दिँदैनौँ। हरेक वर्ष दर्जनौँ नेपाली नदीमा नदीमा बग्ने गर्छन्,' सुनकोशी नदीमा भएको हालैको सीटीईभीटीका कर्मचारीको प्रसंग उठाउँदै उनले भने, 'यसको दोषी को? जनता कि, सडक विभाग कि, सरकार?'
उनले बरु १० को ठाउँमा ५ वटा मात्रै सडक बन्नुपर्ने तर ती मापदण्ड अनुरुप बन्नुपर्ने उनले बताए।
15
Shares
प्रतिक्रिया