नेकपा एमालेका सांसद एकनाथ ढकालले देशभरिका सडकमा खाल्डाखुल्डी भएको तर सरकारले नदेखेको बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले सडक खाल्डाखुल्डीले दिनहुँ दुर्घटना हुने गरेको र नागरिकले सास्ती भोग्नुपरेको उनले बताए।
तर सडकका खाल्डाखुल्डी सरकारले नदेखेको भन्दै उनले भने, 'मलाई थाहा छैन सरकारको आँखा हुन्छ कि हुँदैन? खाल्डाखुल्डी सरकारले देखेको छैन।'
उनले खाल्डाखुल्डी कारण हुने सबै दुर्घटनाको जिम्मा सरकारले लिनुपर्ने बताउँदै तत्काल खाल्डाखुल्डी पुर्न सरकारको ध्यानाकर्षण गराए।
3
Shares
प्रतिक्रिया