राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले गरिबलाई झनै गरिब बनाउने कर स्वीकार गर्न नसकिने बताएकी छिन्।
प्रतिनिधिसभामा बुधबार आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि प्रश्न गरेकी छिन्।
यसअघि पटक पटक राजनीतिक हिसाबले सदन रोकिएको भन्दै अब जनताका लागि पनि सदन आफ्नो पार्टीले रोक्ने उनले दाबी गरिन्।
‘गरिबलाई यसमा लेखेको करले कसरी सौलियत हुन्छ? आफूले तार्गेट गरेको राजस्व उठेन भने अब त तपाईंले अर्को वर्ष सासमा पनि कर लगाउनुहुन्छ? हरेक सासको कति मोल लिनुहुन्छ?,’ उनले भने, ‘यो सदन पटक–पटक राजनीतिक हिसाबले रोकिएको छ, अब हामी जनताको लागि रोक्छौं। गरिबलाई बढी गरिब बनाउने कर स्वीकार्य छैन।’
48
Shares
प्रतिक्रिया