राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) बस्दैछ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको हो।
राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको जानकारी दिए। उनले बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गरिने बताए।
हालै सम्पन्न केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयन तथा चलायमान र सुदृढ संगठन निर्माणका विविध पक्षमा पनि बैठकमा छलफल हुने जानकारी उनले दिए।
6
Shares
प्रतिक्रिया