ad ad

राजनीति


एमसीसी अमेरिकाको चीन घेर्ने रणनीति अन्तर्गतः केसी

एमसीसी अमेरिकाको चीन घेर्ने रणनीति अन्तर्गतः केसी

नेपालखबर
पुस २८, २०७६ सोमबार १५:२८,

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी स्वीकार गर्नु मुलुकका लागि घातक हुने बताएका छन्। यो परियोजना स्वीकार गरे नेपालमा साम्राज्यवादी हस्तक्षेप खुला रुपमा आउने केसीले चेतावनी दिए।

राष्ट्रिय जनमोर्चा र रक्तिम सांस्कृतिक अभियान काठमाडौंले आयोजना गरेको सीमा अतिक्रमण विरुद्धको एक महिने अभियाको सोमबार काठमाडौंको रत्नपार्कस्थित शान्ति वाटिकामा समापन गर्दै अध्यक्ष केसीले नेपालमा सैनिक क्याम्प खडा गरेर चीन घेर्ने रणनीति अन्तर्गत अमेरिकाले एमसीसी परियोजना लागु गर्न चाहेका बताए।

देशका करोडौं भ्रष्टाचार गर्ने र कर छल्नेलाई कार्बाही नगर्ने तर अमेरीकासँग हात थाप्नु रहश्यको विषय भएको केसीले बताए। उनले भने, ‘यो अमेरिकाको स्वार्थ हो । अमेरिकाले नेपालमा सैनिक अखडा कायम गरेर चीन विरुद्व घेराबन्दी गर्न चाहान्छ।’ उनले एमसीसी कुनै पनि हालतमा स्वीकार्य नभएको भन्दै खारेज गर्नुपर्नेमा जोड दिए।

केसीले देश संघीयताले कमजोर भइसकेकोले अब खारेज गर्नुको विकल्प नरहेको जिकीर पनि गरे। संघीयताको विरोध गर्दा भोट कम आएपनि विरोध गर्न नछोड्ने उनले बताए। ‘हामीले राजनीति गरेको देशलाई केन्द्रमा राखेर हो। त्यसकारण के भनेर जनताले भोट दिन्छन् त्यसका आधारमा राजनीति गर्ने होइन।’

उनले भारतीय साम्रज्यवादको ज्यादती नेपालमा बढेको भन्दै अतिक्रमित भूमि फिर्ता गर्न सरकारले गम्भीर पहल नगरेकोमा आपत्ति समेत जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .