आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा एकीकृत समाजवादी पार्टिका सांसद कृष्णकुमार श्रेष्ठ 'किसान' संसदको रोष्ट्रममै मौनधारण गरेका छन्।
अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते पेश गरेको बजेट विभेदपूर्ण रहेको भन्दै सांसद श्रेष्ठले प्रतिनिधिसभाको रोस्ट्रममै मौन धारण गरेका हुन्।
यसअघि उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारले प्रस्तुत गरेको बजेट यथास्थितिमा पास हुन नसक्ने बताएका थिए।
शुक्रबार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै सत्तापक्षका नेता नेपालले बजेट असन्तुलित भएको उल्लेख गर्दै पास हुन नदिने बताएका थिए।
‘हामीले समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्ने भनेका छाैँ। अहिले हामीले बजेटका बारेमा कडाइका साथ भनेका छौँ। यही अवस्थामा यही यथास्थितिमा बजेट पास हुँदैन’ उनले भने, ‘हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ।’
उनले बजेटलाई डडेल्धुरा, गोरखा र नुवाकोटमा केन्द्रिकृत गरेको आरोप पनि लगाएका थिए। अध्यक्ष नेपालले विरोध गरेलगत्तै उनको पार्टीका सांसदले बजेटविरुद्ध मौनधारण गरेका हुन्।
Shares
प्रतिक्रिया