ad ad

राजनीति


पार्टी विधिसम्मत सञ्चालन नहुँदा नेतृत्वप्रति चौतर्फी असन्तुष्टि भयो : प्रकाशमान सिंह

पार्टी विधिसम्मत सञ्चालन नहुँदा नेतृत्वप्रति चौतर्फी असन्तुष्टि भयो : प्रकाशमान सिंह

नेपालखबर
जेठ २८, २०८० आइतबार १६:१९, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधानसम्मत सञ्चालन गर्न नसकेका कारण नेतृत्वप्रति चौतर्फी असन्तुष्टि प्रकट भइरहेको बताएका छन्।

नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेसको काठमाडौंमा आयोजित प्रदेश अधिवेशन उद्घाटन समारोहमा उनले यस्तो टिप्पणी गरेका हुन्। 

अहिले आबेगले नएर विवेक प्रयोग गरेर अगाडि बढ्नु पर्ने बेला रहेको भन्दै नेता सिंहले सुझबुझ पुर्याउनु पर्ने बताए। पाटी भित्र पुराना नेताहरू माथि अनावश्यक रुपमा प्रहार भइरहेको प्रति असन्तुष्टि जनाउँदै उनले नयाँका नाममा पुराना नेताहरु माथि अपहेला गरेर कांग्रेस बलियो बन्न नसक्ने जिकिर गरे। 

‘जुन बाबुले छोराछोरीलाई जन्म दियो त्यहि सन्तानले अब बाबुआमाको केही अर्थ छैन भनेपछि यसको म्यासेज कस्तो रहन्छ,’ सिंहले भने, ‘यसबारे गम्भीर भएर सोच्नु पर्छ।’ 

पार्टी, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरुको आन्तरिक निर्वाचनमा सहभागी भएर नतिजा आफू अनकुल नआएपछि निर्वाचन प्रक्रिया लोकतान्त्रिक नभएको आरोप लगाउने पराम्परा विकसित भइरहेको प्रति दुःख वयक्त गर्दै उनले सबैलाई जिम्मेवार बन्न आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .