ad ad

राजनीति


बालसेना प्रयोगसम्बन्धी प्रचण्डविरुद्धको मुद्दामा कारण देखाउन आदेश, अग्राधिकार प्रदान

बालसेना प्रयोगसम्बन्धी प्रचण्डविरुद्धको मुद्दामा कारण देखाउन आदेश, अग्राधिकार प्रदान

फाइल तस्बिर


नेपालखबर
जेठ ३०, २०८० मंगलबार १८:६, काठमाडौँ

जनयुद्धका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितले बालसेना प्रयोग गरेको भन्दै दायर भएको रिटमा मंगलबार सर्वोच्च अदालतले कारण देखाउन आदेश दिएको छ।

मंगलबार भएको सुनुवाइपछि न्यायाधीश सपना प्रधान मल्लको इजलासले बालसेना प्रयोगबारे कारण देखाउन आदेश दिँदै यो रिटलाई अग्राधिकार दिने निर्णय पनि गरेको छ। 

आफूलाई जनयदुद्धका बालसेना बताउँदै आएका लेनिन विष्टले प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसहितविरुद्ध दायर गरेको रिट शुक्रबार दर्ता भएको थियो। 

न्यायाधीश मल्लको इजलासले यो मुद्दालाई अग्राधिकार दिने निर्णय गरेसँगै अब यथाशक्य चाँडो सर्वोच्चले यसलाई निरुपण गर्ने भएको छ।

यसअघि यो रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको थियो। तर न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले गत शुक्रबार दर्ता गर्न आदेश दिएको थियो। दर्तासँगै उक्त रिटको पेशी मंगलबारलाई तोकिएको थियो।

यसअघि सर्वोच्च अदालत प्रशासनले प्रधानमन्त्रीसमेत रहेका प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार गरेको थियो। 

माओवादीकै पूर्वबाल सेना विष्टले जनयुद्धका क्रममा बालसेना प्रयोग अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीतको कार्य भन्दै रिट हालेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .