ad ad

राजनीति


शंकाको सुविधा दिएर मधेश प्रदेशमा विश्वासको मत दिएका हौं : योगेश भट्टराई

शंकाको सुविधा दिएर मधेश प्रदेशमा विश्वासको मत दिएका हौं : योगेश भट्टराई

नेपालखबर
असार १, २०८० शुक्रबार १५:२६, काठमाडौँ

नेकपा एमालेका मधेश प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईले मधेशका मुख्यमन्त्रीलाई शंकाको सुविधा दिएर विश्वासको मत दिएको बताएका छन्। 

एमालेले मधेश प्रदेशको इन्चार्जको जिम्मेवारी दिएपछि पहिलो पटक जनकपुरधाम पुगेका एमाले सचिव भट्टराईले शंकाको सुविधाकै आधारामा एमालेले मधेश सरकारलाई विश्वासको मत दिएको बताए।

मधेश सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा मानवीय सूचकांकमा सबैभन्दा पछाडी परेको प्रदेश रहेकाले विकासको खाँचो रहेको बताए। 

प्रदेशको विकासका लागि कोही पनि बिरोधी बन्नु नहुने उनको भनाई छ। एमालेबाट प्रदेश विकासमा कुनै बिरोध नहुने पनि उनले स्पष्ट पारे।

‘मधेश प्रदेश आर्थिक, सामजिक रुपमा पछाडी परेको प्रदेश हो, यो प्रदेशको विकासमा हामी अवरोध बन्नु हुँदैन सोचेर नै मुख्यमन्त्रीजीलाई विश्वासको मत दिएका हौँ, यसमा हाम्रो कुनै राजनीतिक लेनदेन भएको होइन,’ उनले भने।

सचिव भट्टराईले नागरिकता समस्या समाधान गर्नका लागि फेरि नयाँ विधेयक नै ल्याउनुपर्ने स्पष्ट पारे। 

उनले जन्मसिद्धका नागरिकले वंशजको नागरिकता पाउनुपर्ने एमालेको स्पष्ट धारणा रहेको बताउँदै वर्तमान सरकारले प्रमाणीकरण गराएको विधेयकमा आफूहरुको केही विषयमा आपत्ति रहेको पनि बताए।

एमाले नागरिकता समस्या समाधान संविधानबाटै हुनुपर्छ त्यसका लागि लडेको दल भएको भन्दै त्यसमा अवरोध नहुने उनले बताए।

‘नागरिकतामा प्रादेशिक पहिचान खुल्नु पर्छ, वैवाहिक अंगिकृत नागरिकता पाउनका लागि केही समयावधि तोक्नै पर्ने हाम्रो स्पष्ट माग छ,’ उनले भने।

फरक प्रसंगमा भट्टराईले सरकारले केही व्यापारिक घरानाको ईशारामा बजेट ल्याइएको आरोप लगाए। 

केही पुँजीपतिहरुलाई फाइदा पुर्‍याउनकै लागि राजश्व र करको दायरामा हेरफेर गरिएको भट्टराईको आरोप थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .