ad ad

राजनीति


उपसभामुख नछाडेसम्म सभामुख बन्न सम्भव छैन : नारायणकाजी

उपसभामुख नछाडेसम्म सभामुख बन्न सम्भव छैन : नारायणकाजी

नेपालखबर
पुस २९, २०७६ मंगलबार १०:४९,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन आग्रह गरेका छन्।

उनले सभामुख बन्नका लागि पनि उपसभामुख छाड्नुपर्ने र उपसभामुखमा बसिराखेर सभामुख बन्न सम्भव नभएको बताए।

प्रेस संगठन लमजुङले मंगलबार बेसीसहरमा आयोजना गरेका पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठ उपसभामुख पनि सभामुखको सशक्त उम्मेदवार भएको भन्दै राजीनामा दिएर निर्वाचनको बाटो खोल्न आग्रह गरेका हुन्।

 ‘सभामुख बन्न पनि पहिले उपसभामुखबाट राजीनामा दिनुपर्छ’, उनले भने, ‘उपसभामुख हाम्रो पार्टीको रहुन्जेल सभामुख हाम्रो पार्टीले लिन मिल्दैन।’ उनले सभामुख नेकपाले लिनका लागि नै उपसभामुखलाई राजीनामा दिन अनुरोध गरेको बताए।

संविधानमा सभामुख र उपसभामुख एउटै पार्टीको हुन नमिल्ने व्यवस्था रहेकोतर्फ संकेत गर्दै प्रवक्ता श्रेष्ठले उपसभामुखको दावी स्वभाविक नै भए पनि बाटो नै बन्द गरेर हठ गर्न नहुने बताए।

उनले उपसभामुखले पद त्याग नगरी सभामुख बन्न खोज्नु भनेको नेकपाले सभामुख गुमाउनु सरह भएको भन्दै संसद्‍को सबैभन्दा ठूलो दलले सभापति नपाउने स्थिति सिर्जना गर्नु पार्टीको हित चाहने र लोकतान्त्रिक मान्यता स्वीकार गर्ने पक्षका निम्ति हितकर कुरा नभएको बताए।

राष्ट्रियसभा निर्वाचनको लागि मतदाता भेटघाट कार्यक्रममा लमजुङको बेसीसहर पुगेका श्रेष्ठले सरका विकास र समृद्धिको यात्रामा अगाडि बढेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .