ad ad

राजनीति


समाजवादी मोर्चासँग शंका गरेर कांग्रेस सरकारबाट बाहिरिँदैन : प्रदीप पौडेल

समाजवादी मोर्चासँग शंका गरेर कांग्रेस सरकारबाट बाहिरिँदैन : प्रदीप पौडेल

नेपालखबर
असार ५, २०८० मंगलबार १९:१५, काठमाडौँ

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले समाजवादी मोर्चा बनाउँदैमा कांग्रेस नतर्सिने बताएका छन्। मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समाजवादी मोर्चाबाट कांग्रेस नतर्सिएको बताएका हुन्। 

उनले अब एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना नरहेको समेत स्पष्ट पारे। उनले एमालेसँग दुरी बढाउनका निम्ति अरु कम्युनिष्ट नेताहरुले समाजवादी मोर्चा घोषणा गरेको बताए। उनले समाजवादी मोर्चासँग आशंका गरेर कांग्रेस सरकारबाट नबाहिरिने पनि दाबी गरे। 

उनले विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी सञ्चालन हुनुपर्ने बताए। 

‘अब एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना अब रहेन, एमालेसँग दुरी बढाउनका निम्ति अरु कम्युनिष्ट नेताहरुले यो गरेका हुन्। यो मोर्चा बनाएपछि सरकार फेरिने, काँग्रेस त्यसमा आशंका गरेर बाहिरिने स्थिति बन्छ भन्ने लाग्दैन,’ उनले भने।

सांसद पौडेलले पार्टीबाट गरिने निर्णयहरु सभापति र सभापतिका नजिकका केही नेताहरुमात्रै बसेर गर्न नहुने बताए।

‘हामीले आफ्नो विषय प्रस्ट्याएर जनताका बीचमा जानुपर्छ। प्रष्टता नभएका कुराहरु हाम्रो बीचमा कमजोरी छन्।त्यसको अन्त्य हुनुपर्छ। भाषण कम छ तर वैचारिक वहस पनि कम भएको छ। विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी चल्नुपर्छ। बैठक नियमित ढंगबाट बस्नुपर्छ। जुन विषयमा निर्णय गर्नुपर्नेछ, त्यो निर्णय सभापति र उहाँले मन पराएका दुई चार जना मात्रै बसेर गर्नु भएन। कार्य सम्पादन, केन्द्रिय समितिहरु पनि त्यसमा सहभागी हुनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .