ad ad

राजनीति


किसानलाई मल र विद्यार्थीलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन सरकारसँग माग

किसानलाई मल र विद्यार्थीलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन सरकारसँग माग

नेपालखबर
असार ६, २०८० बुधबार १३:२७, काठमाडौँ

नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीहरूलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकको शून्य समयमा बोल्दै उनले रोपाइँ सुरु हुँदा पनि मलको व्यवस्था गर्नुपर्छ भन्ने कुरामा ध्यान दिन नसकेको भन्दै सरकारको आलोचना समेत गरे।

सांसद महतोले विभिन्न रोगव्याधिहरु फैल्ने अवस्था आएकाले त्यसको नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए। 

‘नयाँ शैक्षिक सत्र सूरु भयो। विद्यार्थीलाई पुस्तक छैन। किसानको रोपाई सुरु भयो। मल छैन। महंगीले ढाड सेक्यो, नागरिकलाई बाँच्ने आधार छैन। हत्या, हिंसाले त्रास बढाएको छ,’ उनले भने, ‘न्याय पाउने आश छैन। रोजगारीका लागि विदेश जानुपर्ने राज्यले नसोच्ने। सरकार कहाँ छ? सभामुख महोदय। यसमा ध्यान दिन म सरकारसँग माग गर्दछु।’

सांसद महतोले युवाहरु रोजगारीका लागि विदेशिने क्रम बढदा पनि सरकारले उनीहÇलाई स्वेदशमै रोजगारीको अवसर दिने कुरामा कुनै सोचाई नराखेको भन्दै आक्रोश व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .