ad ad

राजनीति


बजेट संशोधन हुन्छ, सरकार ढल्दैन : मन्त्री शर्मा

बजेट संशोधन हुन्छ, सरकार ढल्दैन : मन्त्री शर्मा

नेपालखबर
असार ६, २०८० बुधबार १९:३०, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेट संशोधन हुँदैमा सरकार ढल्नेकुरा कानूनमा कतैपनि नलेखिएको बताएकी छन्।

बुधवार मंगलवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै बुधवार मन्त्री शर्माले डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नै बजेट संशोधन भइसकेको भन्दै बजेट संशोधन हुँदैमा सरकार ढल्नेकुरा कानूनमा कतैपनि नलेखिएको बताएकी हुन्।

उनले नेकपा हुँदा पनि बजेटमा असन्तुष्टिहरु आएको भन्दै बजेटमा असन्तुष्टि जनाउनु स्वभाविक भएको बताइन्। उनले बजेट संशोधन गरेर जाने बारेमा छलफल भइरहेको पनि बताइन्। उनले बजेट संशोधन हुँदैमा सरकार ढल्ने भन्नेकुरा परम्परागत भएको उल्लेख गर्दै परम्परालाई तोड्नुपर्ने बताइन्।

उनले भनिन्, ‘बजेटमा यस्तो हुन्छ, यस्तो पहिला पनि भएको थियो। पहिला नेकपा हुँदा त्यो बेलाका अर्थमन्त्रीले कसरी बजेट प्रस्तुत गर्नुभएको थियो त्यो हामी सबैलाई थाहा छ। अहिले पनि बजेटमा सम्भवतः धेरैका असन्तुष्टि छन्। एउटा त सीमा हो, हामीसँग पैसा कम भयो। अर्को असन्तुलन भयो भन्ने पनि छ, त्यसका लागि छलफल भइरहेको छ। यसलाई मिलाएर जानुपर्छ भन्ने कुरा छ। बजेट संशोधन हुनु नै सरकार असफल हुनु हो भन्ने ढंगको यो परम्परागत हो। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा संशोधन भएको छ। अहिलेसम्म हामी परम्परामा छौँ, जसले भन्नुभयो, त्यो परम्परामा बोल्नुभयो। बजेट संशोधन हुँदा सरकार ढल्छ भन्ने कुनै कानूनमा छैन।’

मन्त्री शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहप्रति लक्षित गर्दै स्टन्ट भन्दा आफ्नो क्षेत्राधिकार बुझेर काम गर्नुपर्ने बताइन्। उनले दक्षिण भारतीय चलचित्र आदिपुरुषमा रहेको सीता भारतकी छोरी हुन् भन्ने शब्द हटाएर मात्रै सेन्सर बोर्डले चलचित्र चल्न दिएको बताइन्।

फरक प्रसंगमा उनले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा राजनीतिको उपचार खोज्न नभइ स्वास्थ्य उपचारका लागि नै सिंगापुर गएको बताइन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .