नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ केन्द्रीय कार्यालयमा पुगेका छन्।
रास्वपा स्थापनाको एक वर्ष पुगेको अवसरमा आयोजित चियापान समारोहमा भाग लिन उनी बिहीबार अपरान्ह बालाजुस्थित घन्टीघरमा पुगेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालभन्दा केही पछि पुगेका उनी रास्वपा सभापति रवि लामिछानेलाई भेट्दा खुसी मुडमा देखिन्थे।
रास्वपा नेताहरुले उनलाई स्वागतका क्रममा चुनाव चिह्नसमेत रहेको घन्टी बजाउन लगाए।
यसअघि प्रधानमन्त्री प्रचण्डसहितका नेताहरुले पनि घन्टीघरमा राखिएको घन्टी बजाएका थिए।
एमाले नेतृत्वमा गत पुस १० गते बनेको गठबन्धन सरकारमा रविलाई ओलीकै जोडबलमा उपप्रधान तथा गृहमन्त्री बनाइएको थियो।
219
Shares
प्रतिक्रिया