ad ad

राजनीति


बालेन्द्रको निर्णयविरुद्ध अदालतको आदेशले राष्ट्रियता खतरामा छ भन्ने स्पष्ट हुन्छ : भीम रावल

बालेन्द्रको निर्णयविरुद्ध अदालतको आदेशले राष्ट्रियता खतरामा छ भन्ने स्पष्ट हुन्छ : भीम रावल

नेपालखबर
असार ७, २०८० बिहिबार १९:४४, काठमाडौँ

नेकपा एमालेका नेता भीम रावलले भारतीय फिल्म प्रदर्शनमा लगाइएको रोकविरुद्ध उच्च अदालत (पाटन) ले दिएको अल्पकालीन अन्तरिम आदेशले राष्ट्रियतामा कति खतरा रहेछ भन्ने स्पष्ट भएको बताएका छन्। 

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा रामायणकी ‘सीता भारतकी छोरी हुन्’ भन्ने संवाद रहेको र आफ्नो मागबमोजिम त्यो भनाइ फिल्मबाट नहटाइएको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले गत सोमबारदेखि आफ्नो नगर क्षेत्रभित्रका सिनेमा घरमा भारतीय फिल्म प्रदर्शनमा रोक लगाएका छन्।

तर फिल्म प्रदर्शन गर्न पाउनुपर्ने माग राखी नेपाल चलचित्र संघले दर्ता गराएको रिट निवेदनको बिहीबार सुनुवाइ गर्दै उच्च अदालतले भारतीयलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्र प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। 

यसले हाम्रो राष्ट्रियता ठूलो खतरामा रहेको प्रस्ट भएको दाबी एमाले नेता रावलले गरेका हुन्। 

‘कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकालगायत राज्यका सबै अंगहरू राष्ट्रिय हितमा नउभिई देशको हित रक्षा हुन सक्दैन’, नेता रावलले बिहीबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहको राष्ट्रिय अस्मिता पक्षको निर्णयलाई अदालतले खारेज गर्ने भनेपछि राष्ट्रियतामाथि कति खतरा रहेछ भन्ने स्पष्ट हुन्छ।’

त्यसो त मेयर शाहले पनि देशको सार्वभौमिकता र स्वाधीनताका सवालमा आफू अदालतको आदेश पनि नमान्ने उल्लेख गर्दै काठमाडौं महानगरभित्रका हलमा भारतीय फिल्म प्रदर्शन गर्न नदिने घोषणा गरिसकेका छन्। 

मेयर शाहकै मतमा नेता रावल पनि सहमत देखिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .