ad ad

राजनीति


विद्युत्‌को व्यापार सुनिश्चित गर्नसके खर्बौंको लगानी भित्रिन्छ : प्रधानमन्त्री

विद्युत्‌को व्यापार सुनिश्चित गर्नसके खर्बौंको लगानी भित्रिन्छ : प्रधानमन्त्री

नेपालखबर
असार ८, २०८० शुक्रबार २०:२०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा उत्पादित विद्युत्को व्यापार सुनिश्चित गर्नसके नेपालमा खर्बौंको वैदेशिक लगानी आउनसक्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा भएको नेपाल उद्योग परिसंघको २०औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।

उनले विद्युत््‌को राम्रो बजारको व्यवस्था गर्न खोजेको पनि बताए। उनले विद्युत्‌मा खर्बौंको लगानी आउनसके मुलुकको अर्थतन्त्रका समस्या र चुनौति समाधान गर्न सहज हुने बताए। 

‘विद्युत्‌को राम्रो बजारको व्यवस्था गर्नसक्यो भने खर्बौं लगानी नेपालमा आउनसक्छ। त्यसले नेपालको अर्थतन्त्रका समस्या र चुनौति छन्। त्यसको स्थायी र दीर्घकालिन समस्या समाधान गरेर देशको अर्थतन्त्रलाई गुणात्मक गति दिने सकिने विश्वासको साथ धेरै मेहनत सरकारको तर्फबाट अहिले नेपाल भारत सम्बन्धलाई विश्वासको नयाँ धरातल दिइएको छ,’ उनले भने।

उनले अर्थतन्त्रका समस्या र चुनौतीलाई स्थायी र दीर्घकालिन समस्या समाधान गरेर देशको अर्थतन्त्रलाई गुणात्मक गति दिनुपर्ने आवश्यकता रहेको बताए। उनले सरकारले धेरै मेहनत गरेर अहिले नेपाल भारत सम्बन्धलाई विश्वासको नयाँ धरातल दिएको बताए।

उनले भारतका प्रधानमन्त्रीले नेपाल भारतको सम्बन्धका सन्दर्भमा सीमाका समस्या समस्या समाधान गर्ने बताउनु भन्दै नेपालसँगको सम्बन्ध हिटबाट सुपर हिट बनाउने कुरा आवेगको भरमा नआएको बताए। 

‘भारतका प्रधानमन्त्रीले नेपाल भारतको सम्बन्धका सन्र्दभमा सीमाका समस्या समस्या समाधान गर्ने बताउनु भएको छ। नेपालसँगको सम्बन्ध हिटबाट सुपर हिट बनाउने कुरा आवेगको भरमा भनेका होइनन्,’ उनले भने।

उनले दुई देशबीचको सम्बन्ध व्यापार तथा कृषि क्षेत्र विशेष जोड दिए। उनले पछिल्लो समय राष्ट्र हीतको काम गरे पनि नकारात्मक दृष्टिकोणले हेर्ने प्रवृति बढ्दै गएको बताए।

‘दुई देशबीचको सम्बन्ध व्यापार तथा कृषि क्षेत्रको लागि गरेका छौं। हरेक कुरालाई नकारात्मक दृष्टिकोणले हेर्ने हुँदैन। तर पछिल्लो समय राष्ट्र हीतको काम गरे पनि नकारात्मक दृष्टिकोण राख्ने प्रवृति बढ्दै गएको छ,’ उनले भने।

उनले वर्तमान सरकारले सुरुवातमा नै गरेका निर्णयको प्रभावले अर्थतन्त्रमा क्रमश सुधार हुँदै गएको दाबी समेत गरे। 

तुलानात्मक लाभका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रको चासो सम्बोधन गर्दै नीतिगत र कानूनी सहजिकरण गर्न,साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्न, सेवा प्रवाहमा सहजता ल्याउने काम भइरहेको उनले बताए।

प्रविधिमैत्री अवधारणा लागू गर्न,अन्तरनिकाय समन्वय प्रभावकारी बनाउन, मौद्रिक नीति र आर्थिक नीति बीच सन्तुलन कायम गर्न,बैंकको ब्याजदर घटाउन उपायहरु खोजगरी लागू गर्न, पुँजीगत खर्च बढाउन र अर्थतन्त्र सुधार गर्न आवश्यक पर्ने नीतिगत कानूनी र व्यवहारिक कदम चाल्न सरकार लागि रहेको उनले बताए।

उनले सरकार निजी क्षेत्रलाई विश्वासमा लिँदै अर्थतन्त्र सुधारको लागि नितीगत तथा संरचनागत सुधार गर्न प्रतिवद्ध रहेको बताए।

‘वर्तमान सरकारले शुरुवातमा नै गरेका निर्णयको प्रभावले अर्थतन्त्रमा क्रमश सुधार हुँदै गएको छ। अहिले अर्थतन्त्रमा सुधार भएको स्पष्ट रुपमा देख्न सकिन्छ,’ उनले भने।

सरकार निजी क्षेत्रलाई विश्वासमा लिँदै अर्थतन्त्र सुधारको लागि नितीगत तथा संरचनागत सुधार गर्न प्रतिवद्ध रहेको उनले बताए। 

‘सरकार र निजी क्षेत्रबीच बलियो एकता सहकार्यले मात्र समृद्धि र विकासको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिन्छ भन्ने सरकारको मान्यता रहेको छ,’ उनले भने, ‘निजी क्षेत्रको सहकार्यबाट  नै आर्थिक समृद्धि हासिल हुनसक्छ भन्ने सरकार स्पष्ट छ। त्यसका लागि निजी क्षेत्रसँग प्रभावकारी रुपमा सहकार्य गर्ने प्रतिवद्ध रहेको छ।’

उनले सरकार र निजी क्षेत्रबीच बलियो एकता सहकार्यले मात्र समृद्धि र विकासको लक्ष्य पूरा गर्नसक्ने सरकारको मान्यता रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .