राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गीता बस्नेतले स्वास्थ्यमन्त्रीले आफूहरूले उठाएका विषय नै बजेटमा नसमेटेको गुनासो गरेकी छन्।
आइतबारदेखि सुरु भएको मन्त्रालयगत बजेटमाथिको छलफलमा सोमबार सांसद बस्नेतले यस्तो गुनासो गरेकी हुन्।
उनले भनिन्, 'सबै आयो। मैले अस्ति उठाएको कुरा समेटिएन।'
उनले बीमा कम्पनीले भ्रामक प्रचार गरिरहेको पनि बताइन्। किसानबाट स्वास्थ्य बिमा गर्दा ९८ प्रकारका औषधि नि:शुल्क पाइने भनिने गरे पनि ८ वटा पनि नपाइने गरेको बताउँदै मन्त्रालयलाई भरपूर अनुगमन गर्न आग्रह उनले गरिन्।
स्वास्थ्य बीमा बनाउँदा कर्मचारीलाई भ्रम नछर्न पनि उनले अनुरोध गरिन्।
15
Shares
प्रतिक्रिया