राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बजेटका पक्षमा उभिने कि विपक्षमा भन्नेबारे प्रतिनिधिसभाको बैठकअघि निर्णय गर्ने भएको छ।
आज बिहान ११ बजे बस्ने तय भएको प्रतिनिधि सभाको बैठकमा सरकारले बजेट पारित प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेटको आलोचना गरिरहेको रास्वपाले यो पारितका पक्षमा उभिने वा विपक्षमा भन्ने निर्णय आज गर्ने भएको हो।
रास्वपा उपसभापति डोलप्रसाद अर्यालले बजेटबारे प्रतिनिधि सभाको बैठकअघि सांसदहरूसँग छलफल गरेर निर्णय गरिने नेपालखबरलाई बताए।
‘अहिलेसम्म कुनै निर्णय गरिसकेका छैनौँ’, अर्यालले भने, ‘(प्रतिनिधि सभा) बैठकअघि सांसदहरूसँग छलफल गरेर निर्णय गर्छौं।’
उनका अनुसार सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरिरहेका छन्।
‘उहाँहरूबीच संवाद भररहेकै छ’, उनले थपे, ‘यही गर्ने भन्ने निर्णयमा पुगिसकेका छैनौँ।’
रास्वपाका २० सांसद छन्।
Shares
प्रतिक्रिया