ad ad

राजनीति


प्रस्तावित प्रधानन्यायाधीश र राजदूतका उजुरीकर्तासँग संसदीय समितिमा भिडिओ वार्ता

प्रस्तावित प्रधानन्यायाधीश र राजदूतका उजुरीकर्तासँग संसदीय समितिमा भिडिओ वार्ता

नेपालखबर
असोज १५, २०८१ मंगलबार १८:०, काठमाडौँ

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रस्तावित राजदूत चित्रलेखा यादव र सेवा लम्सालको विरुद्धमा उजुरी दिएका उजुरीकर्ताहरूसँग छलफल गरेको छ।

मंगलबार प्रस्तावित प्रधानन्याधीश राउत र प्रस्तावित राजदूतद्वय यादव र लम्सालमाथि उजुरी दिएाक उजुरीकर्ताहरूसँग छलफल गरेको हो।

प्रस्तावित प्रधानन्यायाधीश राउतमाथि ६ वटा र दुई राजदूतमाथि एक-एक गरी कुल ८ वटा उजुरी समितिमा प्राप्त भएका थिए।

उजुरीकर्ताहरूसँग आज छलफल सकिएको र मंगलवार बस्ने समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश सिंह र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत यादवलाई कार्यपत्र प्रस्तुत गर्न दिने निर्णय भएको ज्येष्ठ सदस्य सभापति आनन्द ढुंगानाले बताए। 

बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको जानकारी उनले जानकारी दिए। समितिले आजदेखि नै पहिलो पटक भिडियो कन्फरेन्सबाट पनि उजुरीकर्ताहरूसँग उजुरीबारे छलफल गर्न प्रारम्भ गरेको छ।

समितिमा परेका ८ उजुरीमध्ये २ जनाको उजुरी भिडिओ कन्फरेन्समार्फत छलफल भएको हो। प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी दिने उजुरीकर्ता नेपाली सेनाका अवकाशप्राप्त सेनानी प्रज्वल बस्नेत अमेरिकामा रहेकाले उनीसँग भिडियोमार्फत छलफल गरेको छ।

त्यस्तै बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालमाथि उजुरी दिने कुमारबहादुर श्रेष्ठसँग भिडिओ कन्फरेन्समार्फत छलफल गरेको छ। 

‘आजको हाम्रो बैठकमा हामीले दुई जना राजदूत र प्रधानन्यायाधीश तीन जनाको उजुरीका बारेमा उजुरीकर्तासँग सबै कुरा बुझ्यौँ। भोलि १ बजे प्रधानन्यायाधीश र प्रस्तावित राजदूत चित्रलेखा यादवलाई बोलाएर उहाँहरूको कार्यपत्रहरू सबैकुरा बुझ्नेछौँ।’

संसदीय समितिमा प्रविधिको प्रयोग गरेर छलफल गर्न सकिने व्यवस्था प्रतिनिधि सभा नियमावली २०७९ मा छ। सुनुवाइ समितिमा उजुरीकर्तासँग भिडिओ कन्फरेन्समार्फत पहिलोपटक अभ्यास गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .