ad ad

राजनीति


लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित छन् : परराष्ट्र मन्त्रालय

लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित छन् : परराष्ट्र मन्त्रालय

नेपालखबर
असोज १५, २०८१ मंगलबार २२:२९, काठमाडौँ

नेपाल सरकारले लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ पूर्ण रूपमा सचेत रहेको जनाएको छ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै हालसम्म त्यहाँ रहेका नेपाली नागरिक सुरक्षित रहेको र उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ। साथै, लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ।

तत्कालै थप कुनै सहयोग तथा जानकारी आवश्यक परेमा लेबनानमा रहेका नेपाली नागरिक तथा उनीहरुका आफन्तहरूले नेपाली राजदूतावास कायरोमा द्वितीय सचिव दीपक घिमिरेलाई फोन नं ं२०१०९७७७२३४८ मा, अवैतनिक नेपाली वाणिज्यदूतावास बेरुतमा मोहम्मद गोजायललाई फोन नंं९६१३३०११८१/९६१७१६८८८२१/९६१८१८८३७१३ मा र परराष्ट्र मन्त्रालयका अधिकृत श्रीकृष्ण सिलवाललाई फोन नं ९७७९८४११७९५२० मा सम्पर्क गर्न अनुरोध गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .