नेकपा एकीकृत समाजवादीले बजेट पारितका पक्षमा मत दिने निर्णय गरेको छ।
समाजवादीका सांसद अम्मरबहादुर थापाका अनुसार बजेट पासका पक्षमा उभिने दलको बैठकले निर्णय गरेको हो।
‘बजेटका पक्षमा मतदान गर्न ह्विप जारी भयो’, सांसद थापाले नेपालखबरसँग भने।
बजेटप्रति असन्तुष्ट रहँदै आएका एकीकृत समाजवादीका सांसदहरुले बजेट संशोधन नभएमा विपक्षमा मत दिने चेतावनी दिइरहेका थिए।
बुधबार बिहान दलको बैठक बसेको थियो। एकीकृत समाजवादीमा १० सांसद छन् भने सरकारमा एक राज्यमन्त्रीसहित ३ मन्त्री छन्।
यसअघि कांग्रेस, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आफ्ना सांसदलाई बजेटका पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन्।
39
Shares
प्रतिक्रिया