प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदमा सरकारमाथिको विश्वास घटेको बताएका छन्।
बुधबार प्रतिनिधिसभामा मतदानमार्फत् बजेट पारित भएलगत्तै पूर्वप्रधानमन्त्री समेत रहेका उनले सञ्चारकर्मीलाई यस्तो प्रतिक्रिया दिएका हुन्।
अध्यक्ष ओलीले संसद्मा प्रधानमन्त्रीमाथिको विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट झरेर ५३ प्रतिशतमा पुगेको देखिएको बताए।
एमालेको मागअनुसार बजेट पारित गर्न प्रतिनिधिसभा बैठकमा मतदान भएको थियो।
‘गठबन्धनसँग बहुमत थियो। बजेट पारित हुनु स्वभाविक हो। हामीले आफ्नो मत देखायौँ। ९९ दशमलव ९९ प्रतिशतबाट ५३ प्रतिशतमा झर्यो प्रधानमन्त्रीमाथिको विश्वास भन्ने त्यहाँ देखियो। अरु त्यसमा केही भनिरहनु परेन’, उनले अगाडि भने।
अध्यक्ष ओलीले सत्तारुढ दलहरुसँग बहुमत भएकाले बजेट पारित हुनुलाई आफूहरुले स्वभाविक रुपमा लिएको बताएका छन्।
90
Shares
प्रतिक्रिया