ad ad

राजनीति


आज समाजवादी मोर्चाको बैठक राखेर कार्यक्रम तय गर्छौं : प्रचण्ड

आज समाजवादी मोर्चाको बैठक राखेर कार्यक्रम तय गर्छौं : प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
असार १६, २०८० शनिबार ९:१०, पोखरा

सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) तथा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर घोषित समाजवादी मोर्चाको बैठक आज (शनिबार) बस्ने भएको छ। 

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मोर्चाको बैठक राखेर यसका कार्यक्रम तय गरिने जानकारी दिएका हुन्। 

शनिबार (आज) बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो पहलमा समाजवादी मोर्चा घोषणा गरिएको छ। आज नै बैठक बसेर त्यसका कार्यक्रम तय गर्छौँ।’

उक्त मोर्चा यही असार ५ गते काठमाडौंस्थित राष्ट्रियसभा गृहबाट घोषणा गरिएको थियो। डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) पनि मोर्चामा समेटिने भनिएकामा अन्तिम समयमा चार पार्टीको मात्र मोर्चा घोषणा गरिएको हो।

सम्बन्धित खबर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .