धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मेयर कोष र उपमेयर कोष खारेजको प्रस्ताव राखेको भन्दै नेकपा एमालेप्रति आक्रोश पोखेका छन्।
यही असार १० गते भएको धरान उपमहानगरको १३औँ नगरसभामा एमालेका जनप्रतिनिधिहरूले मेयर कोष र उपमेयर कोष खारेज गरी बजेट वडामा दिन माग गरेका थिए। सोही विवादका कारण असार २१ गते बस्नेगरी नगरसभा स्थगन गरिएको छ।
एमालेको उक्त प्रस्तावप्रति सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै मेयर साम्पाङले मेयर र उपमेयर पद नै खारेजको माग गर्नु भनी कटाक्ष गरेका हुन्।
उनले अगाडि लेखेका छन्, ‘अनि बिस्तारै चुनाव र लोकतन्त्र पनि खारेज गर्ने माग गर्नु।’
258
Shares
प्रतिक्रिया