ad ad

राजनीति


बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक, कोशी सरकारबारे छलफल हुने

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक, कोशी सरकारबारे छलफल हुने

बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक। तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
असार १८, २०८० सोमबार १६:४१, काठमाडौँ

सत्तारुढ गठबन्धनको बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ। गठबन्धनभित्रको पछिल्लो अवस्थाबारे पनि आजको बैठकमा समीक्षा हुने एक नेताले जानकारी दिए। 

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई सरकारमा ल्याउने विषयमा भएको छलफलबारे पनि आजको बैठकमा ब्रिफिङ गर्ने बताइएको छ। 

हिजो (आइतबार) जनमत पार्टीका अध्यक्ष डा। सिके राउतसँग समेत प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए। उनले राउतलाई सरकारमा सामेल हुन समेत आग्रह गरेका थिए। 

साथै, कोशी प्रदेश सरकार गठनका विषयमा पनि केन्द्रमा नेताहरूबीच छलफल हुने बताइएको छ। नेकपा एमाले नेतृत्वको कोशी सरकार ढलेसँगै त्यहाँ नेतृत्व लिन दलहरूबीच हानथाप चलिरहेको छ। 

कोशीका नेताहरू पनि नेतृत्वको विवाद मिलाउन केन्द्रका नेताहरू गुहार्न थालेपछि गठबन्धन बैठकबाट निश्कर्ष निकाल्न लागिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .