ad ad

राजनीति


रास्वपा सत्ता फेरबदलको रेसमा छैन : सभापति लामिछाने

रास्वपा सत्ता फेरबदलको रेसमा छैन : सभापति लामिछाने

नेपालखबर
असार १९, २०८० मंगलबार १४:४३, कञ्चनपुर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी अहिले सत्ता परिवर्तनको रेसमा नरहेको स्पष्ट पारेका छन्।

मंगलबार कैलालीको धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले आफूहरुले सत्ता परिवर्तनमा कुनै चासो नराखेको बताएका हुन्।

‘सत्ता फेरबदलको कुरा सुन्छु, हामी त्यो रेसमा छैनौँ, यसमा कुनै चासो राखेको छैनौँ, पार्टीको संगठन विस्तारमा लागेका छौँ,’ उनले भने, ‘मिश्रित जनमतका कारणले सत्ताको फेरबदल चार/पाँच वर्ष चलिरहनेछ, तर अहिले हामी त्यस किसिमको कुनै पनि क्रियाकलापमा सहभागी छैनौँ।’

आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न नसक्ने उनले बताए। सत्तारुढ गठबन्धन जनताको पक्षमा काम गर्नु भन्दा पनि सत्ता जोगाउने खेलमा लागेको उनको आरोप छ।

‘जनजीविकाको सवालमा आएका प्रश्नको कुनै जवाफ छैन, जनताको पक्षमा हुने भन्दा पनि सत्ता जोगाउने खेल चलिरहेको छ,’ उनले भने, ‘यो बाहेक समसामयिक राजनीति यो बाहेक धेरै चर्चा गर्न लायक छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .