ad ad

राजनीति


ललिता निवासको फाइल खुल्यो, भ्रष्टाचारका अरु फाइल पनि खोल्छौँ : प्रधानमन्त्री

ललिता निवासको फाइल खुल्यो, भ्रष्टाचारका अरु फाइल पनि खोल्छौँ : प्रधानमन्त्री

तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
असार २०, २०८० बुधबार १४:२९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैँ उभिने बताएका छन्। 

बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका दाहालले सरकारको संकल्पबाट भ्रष्टहरू तर्सिएको पनि बताए। 

‘सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु’, उनले भने, ‘भ्रष्टहरूमाथि कारबाही सुरू भएको छ। ललिता निवासको फाइल फेरि खोलिएको छ। यो प्रकिया रोकिन्न, हेर्दै जानुस्- थप फाइलहरू खोलिन्छ र कारबाही गरिन्छ।’

उनले २०६३ को निर्वाचनमा राम्रो परिणाम ल्याएर पनि पार्टीलाई एक बनाएर राख्न नसक्दा माओवादी आन्दोलन कमजोर भएको बताए। 

‘२०६४ को निर्वाचनमा हामीले राम्रो परिणाम ल्यायौं। तर, पार्टी एकतावद्ध हुन सकेन, टुटफुट र विभाजनले आन्दोलन कमजोर भयो’, उनले भने, ‘फेरि एउटा नयाँ परिस्थिति बनेको छ। माओवादी शक्तिबीच एकताको राम्रो आधार बन्दैछ। पार्टी एकता संयोजन समिति बनाएर बृहत एकतासहित अगाडि बढिन्छ।’

उनले अहिले पनि आफूहरुलाई घेरा हाल्ने काम भइरहेको बताए। ‘घेरा हाल्ने, भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी छ, जुन नीति हिजो पनि थियो’, उनले भने, ‘यो आफैँमा वर्गसंघर्ष हो। वर्गसंघर्षको चरित्रमा फेरिएको छैन, रूप मात्रै फेरिएको हो। २०८४ को निर्वाचनमा २०६४ भन्दा शक्तिशाली हुनेगरि परिणाम दिनुपर्छ,दिन्छौँ।’

उनले अहिले भ्रष्टाचारविरोधी अभियानका क्रममा भ्रष्टाचारीहरु विक्षिप्त भएको बताए। 

‘इतिहासको तागतको बलमा हामी सरकारमा छौँ, कतिलाई यो कुरा पचिरहेको छैन। भ्रष्टाचारविरोधी अभियानपछि भ्रष्टहरू विक्षिप्त छन्,  हैरान र परेसान छन्’, उनले भने, ‘तर, हामी देश र जनताको पक्षमा लागिरहन्छौँ। सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सम्पूर्ण रूपले समर्पित हुन्छौं। सरकार असफल पार्ने, कुप्रचार गर्नेहरू छन्। तर, तिनीहरूलाई जनताले ठीक पार्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .