प्रधानमन्त्रीको विवादित भनाइलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमाले आक्रोशित भएको छ।
बुधबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन्।
‘प्रधानमन्त्रीको अभिव्यक्तिले देशको शिर निहुरियो। हामी भक्ति थापा र बलभद्र कुँवरका सन्तान, हामीलाई देशको माया छ’, उनले भने, ‘तिनैका सन्तान आफ्नो देशको स्वाभिमान जोगाउन लागेका छन्। तर देशको गरिमा र अखण्डताभन्दा बढी प्रचण्डलाई प्रधानमन्त्री प्यारो रहेछ।’
सांसद पन्तले ७० वर्षका मनमोहन अधिकारीले दिल्लीमा टेबुल ठोकेर आएको कुरा छाडेर आए प्रचण्डले राष्ट्रघात गरेको बताए।
‘नेपालको जलश्रोत भारतले कब्जा गर्ने गरी सम्झौता गरेर आएका छन्’, उनले भने, ‘त्यसैले प्रधानमन्त्रीले पदमा बसिरहन नैतिकताले दिँदैन। तत्काल राजीनामा दिनुपर्छ।’
Shares
प्रतिक्रिया