बजेट संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने धम्की दिँदै आएका जनमत पार्टीका अध्यक्ष सीके राउत बजेट पास भएपछि सत्ता गठबन्धनको बैठकमै सहभागी भएका छन्।
आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा राउत पनि सहभागी भएका हुन्।
प्रधानमन्त्री निवासमा जारी बैठकमा संसद्मा जारी अवरोध, कोशी प्रदेशको मुख्यमन्त्री चयन, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा छलफल भइरहेको छ।
बैठकमा सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत नेता सहभागी छन्।
हेर्नुहोस् बैठकको तस्बिर-
Shares
प्रतिक्रिया