सभामुख देवराज घिमिरेले अवरुद्ध संसद् खुलाउन सत्ता पक्ष र प्रतिपक्षबीचको सहमति खोजेका छन्।
शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले यस्तो बताएका हुन्।
यही सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन एकजना प्रितम सिंह नाम गरेका व्यक्ति पटक पटक दिल्ली धाएको बताएका थिए।
त्यसैलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् अवरोध गरिरहेको छ।
शुक्रबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि एमालेले प्रधानमन्त्रीको राजीनामाको अडान छाडेन।
त्यहीकारण शुक्रबार दिउँसो बस्ने भनिएको बैठक सुरु नै नभइ स्थगित भएको छ।
‘सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला। संसद् अवरुद्ध हुँदा मिटरब्याजसम्बन्धीसहितका महत्वपूर्ण विधेयक निष्क्रिय हुनु राम्रो होइन’, उनले बैठकमा भने, ‘तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ। त्यसका लागि म सहजीकरण गर्न तयार छु। पर्सिसम्म सहमति गर्नुहोला।’
उनले सत्तारुढ दलहरु र प्रतिपक्षी एमालेलाई भोलिसम्म सहमति जुटाउने गरी आजको बैठक सूचना टाँसेर स्थगित गर्नुपर्ने बताए।
Shares
प्रतिक्रिया