ad ad

राजनीति


कोशी प्रदेश सरकारविरुद्ध एमालेको रिट हेर्न नभ्याइने

कोशी प्रदेश सरकारविरुद्ध एमालेको रिट हेर्न नभ्याइने

फाइल तस्बिर


नेपालखबर
असार २४, २०८० आइतबार १३:३५, काठमाडौँ

कोशी प्रदेश सरकार गठनविरुद्ध नेकपा एमालेले दायर गरेको मुद्दाको सुनुवाइ आइतबार नहुने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा उक्त मुद्दाको पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको हो। 

न्यायाधीश भट्टराईले कुमार रेग्मीसँगको अर्को इजलासमा पनि बस्नुपर्ने भएपछि पेसी तोकिएर पनि एकल इजलास नबस्ने भएको हो।

त्यहीकारण आइतबारका लागि एकल इजलासमा पेसी तोकिएका मुद्दा हेर्न नभ्याइने जानकारी न्यायाधीश भट्टराईले दिएका हुन्। 

प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमकोसमेत हस्ताक्षर जोडेर बहुमत देखाई नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न माग गर्दै एमालेले शुक्रबार रिट दायर गरेको थियो। 

रिटमा प्रदेश सरकार गठन रद्द गरी आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गरिएको थियो। 

कार्कीको रिट बोकेर एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितको टोली सर्वाेच्च अदालत गएको थियो।

एमालेले रिटमा संविधानको धारा १६८ को उपधारा २ अनुसार निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ को उपधारा ३ अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरेको थियो।

एमाले सर्वोच्च आउनुअघि नै मुख्यमन्त्रीमा नियुक्त भएका थापाले शुक्रबार बिहान ९ बजे शपथ लिएर पदबहाली गरिसकेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .