आज बस्ने भनिएको राष्ट्रिय सभाको बैठक भोलि (मंगलबार) का लागि सारिएको छ।
यसअघि आज बिहान ११ बजे बस्ने तय गरिएको बैठक अब सोही समयमा बस्नेगरी मंगलबारलाई सारिएको संसद् सचिवालयले जनाएको छ।
आज तोकिएको समयमा ‘विशेष कारणवश’ बैठक बस्न नसक्ने भएकाले भोलिलाई सारिएको संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।
प्रतिक्रिया