११ महिनामा नेपालीले विदेशमा घुम्न र पढ्न २ खर्ब ९ अर्ब रुपैयाँ नेपालबाट लगेका छन्। राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालीले विदेशमा घुम्नको लागि १ खर्ब १९ अर्ब रुपैयाँ खर्च गरेका छन्।
अघिल्लो वर्षको जेठ मसान्तको तुलनामा ३७.९ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा ८७ अर्ब विदेश घुम्न जानेले खर्च गरेका थिए।
अष्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी लगायतका देशमा अध्ययनका लागि जाने विद्यार्थीले ८९ अर्ब १८ करोड रुपैयाँ खर्च गरेका छन्। अघिल्लो वर्ष ५९ अर्ब ९९ करोड रुपैयाँ मात्रै रहेको थियो।
११ महिनामा सेवा क्षेत्रको आय ६७ अर्ब ६८ करोडले घाटामा रहेको छ। नेपालमा पर्यटक आवगमन बढ्दा आम्दानी ९४.३ प्रतिशतले वृद्धि भएको छ। विदेशी पर्यटकले ५८ अर्ब ६ करोड रुपैयाँ खर्च गरेका छन्।
75
Shares
प्रतिक्रिया