केही दिनदेखि जारी संसद्को गतिरोध हटाउन सोमबार दिउँसो तीन दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ।
आइतबार भएको वार्तामा सहमति जुटेर पनि भाँडिएपछि सोमबार दिउँसो पनि तीन शीर्ष नेता जुटेर संसद्को गतिरोध फुकाउन तयार भएका छन्।
संघीय संसद्का दुवै सदनमा प्रतिपक्षीको अवरोध जारी रहेका बेला सोमबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीबीच वार्ता भएको हो।
उक्त वार्ताबाट संसद्मा प्रधानमन्त्री प्रचण्डको सम्बोधन सुन्न एमाले तयार भएको बताइएको छ। त्यसबारे ब्रिफिङका लागि अध्यक्ष ओलीले संसदीय दलको बैठक बोलाएका छन्।
तर सिंहदरबारमा तीन नेताको वार्तापछि बाहिरिने क्रममा ओली र देउवाले पत्रकारहरुसँग पन्छिन एकअर्कालाई देखाएका छन्।
प्रधानमन्त्रीको कार्यालयबाट एकसाथ निस्किएका ओली र देउवा दुवैतिर बैठकमा के भयो भनेर पत्रकारहरुले प्रश्न तेर्स्याए।
बैठकमा के भयो भनेर पत्रकारले सोधेपछि ओलीले सँगै रहेका कांग्रेस सभापति देउवातिर इशारा गर्दै उतै सोध्न भने।
पत्रकारले केही त बोलिदिनुस् भनेपछि ठट्यौली शैलीमा ओलीले जवाफ फर्काए-सभापति बोल्न खोज्दै हुनुहुन्छ, सभापति हुँदाहुँदै अरुले बोल्न मिल्छ? त्यसपछि फेरि पत्रकारले भने : हजुर त अध्यक्ष हो, बोलिदिनु पर्यो।
ओलीले टार्दै पन्छिएपछि पत्रकारबीच ठट्टाको वातावरण बन्यो। प्रधानमन्त्रीको कार्यालयको खुट्किलोबाट ओर्लिँदै गर्दा पत्रकारले त्यही प्रश्न देउवालाई पनि तेर्स्याए।
देउवाले पनि हातले ओलीतिर इशारा गर्दै उहाँलाई नै सोध्न भने। पत्रकारले देउवालाई सोधे, ‘बैठकमा के के भयो छलफल?’, त्यसपछि देउवाले ओलीतिर इशारा गर्दै भने, ‘उहाँ नै बोल्नुहुन्छ।’
देउवाले पनि ओलीलाई देखाउँदै आफूहरुको प्रश्न टार्दै कारतिर चढ्न गएपछि पत्रकारहरुबीच फेरि खासखुस चल्यो। दुवै नेता पन्छिएर हिँडेपछि पत्रकार पनि त्यहाँबाट तितरबितर भए।
सम्बन्धित समाचार
- एमालेले अघि सार्यो थप नयाँ सर्त, संसद् खुल्ने अनिश्चित
- शीर्ष नेताको छलफल- संसद्मा प्रधानमन्त्रीले बोल्ने, प्रतिपक्षीले खोल्ने!
- प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउने, राजीनामाबाट पछि हट्यो एमाले
- प्रचण्डलाई प्रधानमन्त्री बनाउन ‘पटक पटक दिल्ली धाएका’ प्रितम सिंह को हुन्?
- प्रितम सिंह दिल्ली जानुभएको छैन, प्रधानमन्त्रीले झुटो बोल्नुभयो : ओली
- ओलीको दाबी- भारत भ्रमणका क्रममा प्रचण्डले ‘रअ’ प्रमुखसँग गोप्य भेट गरे
- एमालेको निष्कर्ष : प्रचण्डले प्रधानमन्त्रीमा बसिरहने हैसियत गुमाइसके
- राष्ट्रिय सभामा एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा
- ‘प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति आपत्तिजनक’
Shares
प्रतिक्रिया