प्रधानमन्त्रीपत्नी सीता दाहालको उपचारका क्रममा निधन भएको छ।
थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार बुधबार बिहान ८.३३ बजे सीताको निधन भएको प्रधानमन्त्रीका निजी चिकित्सक डा. युवराज शर्माले पुष्टि गरेका छन्। बिहान ९:३० बजे पत्रकार सम्मेलनमार्फत् अस्पतालले यसबारे जानकारी दिँदैछ।
पत्नी सीताको मृत्युपछि प्रधानमन्त्री प्रचण्ड थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन्।
सीताको पार्थिव शरीर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने छ।
99
Shares
प्रतिक्रिया