प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति दुःख प्रकट गरेका छन्।
काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार बिहान साढे ८ बजे सीताको निधन भएको हो।
उनको निधनले आफू स्तब्ध भएको सभामुख घिमिरेले उल्लेख गरेका छन्। सभामुख घिमिरेले सीताप्रति श्रद्धाञ्जली र शोकाकुल प्रधानमन्त्रीको परिवारप्रति समवेदना प्रकट गरेका छन्।
‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) कि जीवनसंगिनी सीता दाहालको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको खबरले स्तब्ध बनाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु’, सभामुख घिमिरेले भनेका छन्।
30
Shares
प्रतिक्रिया