ad ad

राजनीति


सीता दाहाललाई श्रद्धाञ्जली दिन नर्भिक पुगे शीर्ष नेताहरू (तस्बिरहरू)

सीता दाहाललाई श्रद्धाञ्जली दिन नर्भिक पुगे शीर्ष नेताहरू (तस्बिरहरू)

नेपालखबर
असार २७, २०८० बुधबार १०:३०, काठमाडौँ

प्रधानमन्त्रीपत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिन शीर्ष नेताहरू नर्भिक अस्पताल पुगेका छन्।

बुधबार बिहान ८:३३ मा उपचारका क्रममा दाहालको निधन भएको हो। निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परिवार अस्पताल पुगेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणा, नेपाल समाजवादी केन्द्रका अध्यक्ष माधव नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अस्पताल परिसरमा छन्।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, महासचिव देव गुरुङ नर्भिकमा छन्।

उपराष्ट्रपति रामशहायप्रसाद यादव पनि नर्भिक पुगेका छन्।

स्वास्थ्यमन्त्री मोहन बस्नेत र सञ्चारमन्त्री रेखा शर्मालगायत अस्पताल परिसरमा छन्।








प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .