ad ad

राजनीति


भानुभक्तले नेपाली समाजमा लगाएका गुन धेरै छन् : ओली

भानुभक्तले नेपाली समाजमा लगाएका गुन धेरै छन् : ओली

नेपालखबर
असार २९, २०८० शुक्रबार १७:४६, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित हुन पुगेको बताएका छन्।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपाली समाज परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण हुन गएको बताए। 

‘एउटा रामायण मात्रैको अनुवादले पनि भानुभक्तले नेपाली समाजमा लगाएका गुन धेरै छन्। एउटा समाजलाई स्थितिमा मूल्य, नैतिकतामा बाँध्नका लागि प्रयास गरेको देखिन्छ,’ उनले भने, ‘त्यसमा भक्तिरसतर्फ समाजलाई डो¥याउने कुराले राज्य कमजोर भएका बेला अहिले राज्य त्यस बेलाको भन्दा मजबुत छ तरपनि भक्ति रस पनि भंग भयो, नैतिक रस पनि छैन।’

समाज सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् भनेर सबै शतर्क हुनुपर्ने अवस्था आएको बताउँदै उनले अहिले समाज भगवानसँग पनि डराउन छोडेको र अराजकता, जथाभावी बोल्नेहरुसँग रमाउन थालेको बताए।

‘भक्ति पनि समाप्त भयो भगवानसँग पनि डराउन छोड्यो मान्छे, नैतिकता पनि गुमायो, त्यसले अलि भद्रगोल, अराजकता, जथाभावी बोल्ने कुरा, सत्य नचाहिने, असत्य बोल्दा आनन्द मान्ने, असत्यको बाटो अवलम्वन गर्दा गौरव गर्ने, झुट बोल्न पाउँदा, अर्कालाई पीडा दिन पाउँदा, आनन्द मान्ने परपीडक प्रवृत्ति बढेको छ,’ उनले भने, ‘यस्तो परपीडक भन्दा कसैलाई पीडा नदिने खालको प्रवृत्ति नै ठिक हुन्छ। उनको योगदान कुनैपनि कुराले कमजोर हुनसक्दैन, उनको योगदानको अवमूल्यन गर्न सकिँदैन, घटाएर हेर्न सकिँदैन।’

आदिकवि भानुभक्त आचार्यको योगदान कुनैपनि कुराले कमजोर हुन नसक्ने बताउँदै उनले समाजमा अहिले भक्ति रस र नैतिकता हराउँदै गएको पनि बताए।

‘कतिपयले अंश कटाएर के प्रशारण गर्छ, के बोलेको देखाउँछ, एउटा अंशमात्रै बोलेको देखाउँदा त्यो अनर्थ पनि लाग्नसक्छ।  अहिले नेपाली समाजको एउटा पक्ष परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण तरिकाले अवलम्वन गर्ने, अलिक सामाजिक मूल्यबाट विचलित भएको छ,’ उनले भने, ‘त्यो चिन्ताको विषय हो। जसलाई आज हामीले सांस्कृतिक हिसाबले, हाम्रो सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् समाज भनेर हामी सबै शतर्क हुनुपर्ने आवश्यकता छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .