ad ad

राजनीति


एमाले अध्यक्ष ओलीलाई भेट्न च्यासल पुगे अमेरिकी विदेशमन्त्री लु

एमाले अध्यक्ष ओलीलाई भेट्न च्यासल पुगे अमेरिकी विदेशमन्त्री लु

च्यासलमा भएको भेटवार्ता। तस्बिर : राजन काफ्ले


नेपालखबर
असार २९, २०८० शुक्रबार १८:४, काठमाडौँ

शुक्रबार बिहान एकदिने नेपाल भ्रमणमा आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।

नेकपा एमालेका अध्यक्ष ओलीसँग भेटवार्ता गर्न दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु शुक्रबार अपरान्ह च्यासल पुगेका हुन्। 

सम्बन्धित समाचार

उनी एमसीसी कार्यान्वयनसहितका मुद्दा लिएर एक दिने नेपाल भ्रमणमा शुक्रबार बिहानै काठमाडौं उत्रिएका हुन्।

यसअघि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री एनपी साउदसँग संवाद गरिसकेका छन्।

दुवैजनासँगको संवादमा उनको मुख्य चासोको विषय अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कार्यान्वयनबारे थियो। 

एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले दुईजनाबीच आपसी हितसहितका विषयमा कुरा भएको जानकारी दिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .