ad ad

राजनीति


परराष्ट्रमन्त्री साउद आइतबार बैंकक जाँदै, यस्तो छ भ्रमण तालिका

परराष्ट्रमन्त्री साउद आइतबार बैंकक जाँदै, यस्तो छ भ्रमण तालिका

नेपालखबर
असार ३०, २०८० शनिबार २०:५९, काठमाडौँ

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आइतबार थाइल्याण्ड प्रस्थान गर्ने भएका छन्। बैंककमा हुने बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुन मन्त्री साउद नेतृत्वको प्रतिनिधि मण्डल आइतबार त्यसतर्फ प्रस्थान गर्न लागेको हो। 

आइतबार दिउँसो साढे १ बजे उनी थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्ने कार्यसूची रहेको उनको सचिवालयले जानकारी दिएको छ। 

उनी साउन २ गते (मंगलबार) स्वदेश फर्कने कार्यक्रम रहेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले साउद नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .