ad ad

राजनीति


केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकले देशलाई अफ्रिका भन्दा पछि धकेल्छ : शाही

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकले देशलाई अफ्रिका भन्दा पछि धकेल्छ : शाही

नेपालखबर
असार ३१, २०८० आइतबार १७:२४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० ले हिंसालाई माफ गर्ने बताएका छन्। 

आइतबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई बिरोध गर्नुपर्ने कारण बारेमा वक्तव्य दिँदै उनले यसले हिंसालाई माफ दिने बताएका हुन्।

‘यो विधेयकले हाम्रो देशलाई अफ्रिका भन्दा पछि धकेल्छ। भोलि सडकको किनारामा हत्या हुन्छ मान्छेको। मान्छेलाई मारिन्छ। त्यसपछि एउटा राजनीतिक पर्चा छरिन्छ,’ उनले भने, छत्यसमा क्रान्तिका लागि, फलानाका लागि भनेर लेखिन्छ। अनि पर्चाको आधारमा सरकार अहो यिनीहरू त राजनीतिक दल हुन् भनेर उन्मुक्ति दिन्छ।’ 

उनले यो विधेयक प्रतिनिधि सभाबाट पारित भएमा देशलाई अफ्रिका भन्दा पछि धकेल्ने पनि बताए। कसैले व्यक्तिको हत्या गर्ने र राजनीतिक आवरणमा मुक्ति पाउने घट्ना घट्नसक्ने भन्दै यसतर्फ अहिले नै सचेत हुनुपर्ने उनको भनाई थियो। 

‘यो किसिमको परम्परा यदी देशमा बस्यो भने भोलि हामी यहीँ संसदभित्र भएका कति माननीयको जीवन रहन्छ कि रहँदैन। भोलि नेपालकाबिच बजारमा बम पड्किन सुरु भए, राज्यले कानून कमजोर बनाउने, अनि राजनीतिक आस्था राखे भन्दैमा अदालतमा चलिरहेका अपराधीहरुलाई पनि छोड्ने अनि राजनीतिक आस्थाका आधारमा मान्छे मार्न थालनी गर्ने हो भने यो देशमा भोली कोही जीवित रहन्छ?’

उनले यो विधेयक पारित भएसँगै देशमा विद्रोही समूह नजन्मने कुनै ग्यारेन्टी छ? भन्दै प्रश्न गरे। 

‘यस्तो पनि विधेयक ल्याउन पाइन्छ रु कुनै मान्छेले मान्छे मारेतापनि, हत्या गरेपनि, बम पड्काएपनि, घर आगजनी गरेपनि र चल्दै गरेका बसहरु जलाएपनि त्यो व्यक्तिले म राजनीतिक दलको मान्छे हो। म वार्तामा आउन चाहन्छु, मेरा सबै मुद्दा फिर्ता लग भनेपछि फिर्ता लिने हो भने भोली यो देशमा बिद्रोही समूह जन्मिदैन भन्ने केही ग्यारेन्टी छ?,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .