ad ad

राजनीति


नेपाल विश्वविद्यालयको भविष्यमाथि सांसदको आशंका

नेपाल विश्वविद्यालयको भविष्यमाथि सांसदको आशंका

नेपालखबर
असार ३१, २०८० आइतबार १७:४९, काठमाडौँ

नेकपा(एमाले)का सांसद रघुजी पन्तले नेपाल विश्वविद्यालय राम्ररी अगाडि बढ्नेमा आशंका व्यक्त गरेका छन्।

आइतवारको प्रतिनिधि सभा बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०८० माथिको सामान्य छलफलमा भाग लिँदै सांसद पन्तले नेपाल विश्वविद्यालयको भविष्यमाथि आशंका गरेका हुन्।

उनले त्रिभुवन विश्वविद्यालय नै राम्ररी चल्न नसकेको भन्दै नेपाल विश्वविद्यालय कति अगाडि बढ्ला भन्ने कुरामा शंका गर्ने ठाउँ रहेको उल्लेख गरे। उनले लिबरल आर्ट पढाउनु जरुरी रहेको बताए।

उनले भने, ‘डाक्टर, इन्जिनियर र वैज्ञानिकलाई पनि आर्ट पढाउनुपर्छ। आर्टको केही पक्ष पढाउनुपर्छ। किनभनेर डाक्टर, इन्जिनियर मेनपावर भनेको पनि रोबर्ट जस्तो होइन। मानवीय हुनुपर्छ। मानवीय बनाउने विषय लिबरल आर्ट हो। त्यसैले लिबरल आर्टसँग सम्बन्धित राम्रा कलेजहरु चाहिन्छ। तर टियु नै यस विषयमा राम्ररी चल्न नसकेको, टियुसँग सम्बन्धन प्राप्त कलेजहरु नै राम्ररी अगाडि बढ्न नसकेको अवस्थामा यो विश्वविद्यालय कति अगाडि बढ्ला अलिकती शंका गर्ने ठाउँ छ।’

उनले लिबरल आर्ट सम्बन्धी कलेजहरुको आवश्यकता रहेको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .