नेकपा (एकीकृत समाजवादी) का सांसद एवं उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संसदमा सरकारको प्रस्तुती राम्रो हुनुपर्ने बताएका छन्।
आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार सेवा प्रदान गर्ने निकाय भएकाले देशमा भइरहेका विपद् र समस्याको समाधानका लागि योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताए।
अहिले देशभर लम्पीस्किनको समस्या रहेकाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसानलाई सहयोगको राहत प्याकेज ल्याउनुपर्ने बताए।
‘संसदमा सरकारको पर्फमेन्स राम्रो हुनुपर्छ। सरकार भनेको सर्भिस डेलिभरी गर्ने ठाउँमा बस्ने निकाय हो। त्यसले देशमा भइरहेका घटनाका
समाधान गर्ने योजना बनाउनुपर्छ,’ उनले भने, ‘अहिले लम्पीस्किनको समस्या छ, यसबारेमा कृषि मन्त्रालयले चासो दिनुपर्छ, पीडित किसानलाई सहयोग गर्ने कार्यक्रम आउनुपर्छ, सडक सञ्जालहरुमा अवरोध आइरहेका छन्, त्यसमा गम्भीरतापूर्वक ध्यान दिनुपर्छ। मन्त्रीहरु उदासीन भएको कुरा म मन्त्रीहरुसमक्ष पु¥याउनेछु।’
सांसद पाण्डेले मन्त्रीहरु उदासिन भएको हो? भन्ने प्रश्नमा मन्त्रीसमक्ष सन्देश पुर्याउने प्रतिवद्धता व्यक्त गरे।
Shares
प्रतिक्रिया