ad ad

राजनीति


मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित

मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित

नेपालखबर
असार ३१, २०८० आइतबार २१:३४, काठमाडौँ

प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक सर्वसम्मतले पारित भएको छ। 

मिटरब्याज समस्यालाई सम्बोधन गर्नेगरी सरकारले ल्याएको मुमुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० संशोधनसहित सर्वसम्मतिले पारित भएको हो।

राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेका थिए।

प्रस्तावमा प्रतिनिधि सभाका १४ जना सांसदहरुले संशोधन प्रस्ताव दर्ता गरेका थिए। 

सांसदहरूले दर्ता गराएको संशोधनमा मन्त्री गुरुङले प्रस्तावमा एकीकृत गरेर लैजाने प्रतिवद्धता जनाएपछि विधेयक सर्वसम्मतिले पारित भएको हो।

राष्ट्रियसभाबाट पारित भइसकेको यो विधेयक अब पुनः राष्ट्रिय सभामा जानेछ। राष्ट्रिय सभाले स्वीकार गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुन्छ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त कानुन बन्ने छ।विधेयक पारित भएसँगै मिटरब्याजबाट पीडित भएकाहरूले न्याय पाउने प्रक्रिया सहज हुने भएको छ।

प्रतिनिधि सभाको अर्को बैठक साउन १० गते बुधबार दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .