नेपाल समाजवादी पार्टी (नेसपा) ले सूचना तथा सञ्चार प्रविधि विभाग (आईसीटी) गठन गरेको छ। मानुषी यमी भट्टराईको नेतृत्वमा विभाग गठन गरिएको हो।
विभागले पार्टी संगठनका अभिलेख डिजिटलाइज्ड गर्ने, पार्टीको संगठन विस्तारलगायत अभियान प्रभावकारी बनाउन आवश्यक डिजिटल प्रविधिको प्रयोग गर्न योजना बनाउने र लागू गर्ने, पार्टीलाई रिब्रान्डिङ गर्नमा आवश्यक सहयोग गर्ने मुख्य उद्देश्य लिएको छ।
नेसपाका अनुसार पार्टीबारे सूचना, जानकारी र पार्टीका गतिविधि वेबसाइट, सामाजिक सञ्जाल आदिमार्फत डिजिटल्ली सम्प्रेषण गर्ने, पार्टी र जनताबीच पहुँचयोग्य, सरल दुईतर्फी सञ्चार निर्माण गर्ने, पार्टीभित्रको आन्तरिक सञ्चार सहज, व्यवस्थित र स्मार्ट बनाउने, पार्टीको रिब्रान्डिङमा सहयोग गर्ने विभागका मुख्य काम हुनेछन्।
निर्धारित उद्देश्य पूरा गर्न पालिका तहसम्म विभागमा रहेर सूचना तथा सञ्चार प्रविधिसम्बन्धी काम गर्न सक्ने सक्षम व्यक्ति पहिचान गर्ने, आधिकारिक वेबसाइट, युट्युब च्यानल, सामाजिक सञ्जाल एकाउन्ट व्यवस्थित गर्ने, राज्यका सूचना, सञ्चार एवं प्रविधिसँग सम्बन्धित नीति/कानुन निर्माण र कार्यान्वयन स्थितिको अध्ययन र अनुगमन गर्ने काम गर्ने नेसपाले जनाएको छ।
Shares
प्रतिक्रिया